Harsamaya
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । 

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान दिई पर्व मनाइन्छ । 

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । 

शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update