Harsamaya
हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग ।

मकवानपुर - हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । 

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला  खरिदका बोलपत्र  आव्हान गरिसकेको छ ।
  
करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए । 

कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update