Harsamaya
गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरू ।

गण्डकी - गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित एक समारोहका बीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् ।

नियुक्त हुनेमा मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र रेखा गुरुङ वन तथा वातावरणमन्त्री बनेका छन् । 

त्यस्तै, एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री नियुक्त भएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update