Harsamaya
अर्थमन्त्री वाग्लेको सम्पत्ति : चार वटा घर अपार्टमेन्ट, बैंक ब्यालेन्स १ करोड ९० लाख
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् ।

आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update