Harsamaya
मकवानपुरमा भिरबाट लडेर महिलाको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीटोल निवासी ३५ वर्षीया सन्तोषी वाइवाको भिरबाट लडेर मृत्यु भएको हो ।

शनिबार बिहान ९ बजे घाँस काट्न जाने भन्दै घरबाट निस्किएकी उनी अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए ।

खोजतलासका क्रममा माइती घरदेखि करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिकको सिमलटार क्षेत्रको भिरबाट करिब ५०-६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

घाइते अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर, दिउँसो १२ः४० बजे अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update