भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री शिशिर खनालबीच भेटवार्ता
काठमाडौं - परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय समकक्षीसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।
शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकर र खनालबीच भेटवार्ता भएको हो । भेटका क्रममा भारतीय समकक्षी जयशंकरले खनाललाई विदेशमन्त्री नियुक्त भएकोमा बधाई दिएका थिए । उनले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै दुई देशबीचको साझेदारीलाई अझ गहिरो बनाउने विषयमा जोड दिएको उल्लेख गरे ।
उनले ऊर्जा, व्यापार, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपाल–भारत सम्बन्धको पूर्ण सम्भावना उपयोग गर्नेबारे पनि कुराकानी भएको जनाएका छन् ।
परराष्ट्रमन्त्री खनाल नवौँ हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्न बिहीबार मौरिससको पोर्ट लुइस प्रस्थान गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२ १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

