Harsamaya
कांग्रेस आधिकारिकता विवादको सुनुवाइ आज
नेपाली कांग्रेस ।

काठमाडौं - सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ। मुद्दा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा परेको छ।

निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष अदालत पुगेको हो। मुद्दामा आयोगसहित थापा र विश्वप्रकाश शर्मा लाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update