Harsamaya
उद्योग वाणिज्य संघ बागमतीको अध्यक्षमा वेदबहादुर श्रेष्ठ विजयी, अन्य पदाधिकारीमा को को ?
उद्योग वाणिज्य संघ बागमतीको अध्यक्षमा वेदबहादुर श्रेष्ठ विजयी।

काठमाडौं - उद्योग वाणिज्य संघ बागमतीको अध्यक्षमा वेदबहादुर श्रेष्ठ विजयी भएका छन् । चैत २३ र २४ गते भएको अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले ६१.०५ प्रतिशत मत पाएका थिए भने उनको प्रतिष्पर्धी दुर्गा राज श्रेष्ठले ३८.९५ प्रतिशत मत पाए । 

यस्तै उपाध्यक्षमा जिल्ला नगरतर्फ कृष्ण कुमार गुप्ता निर्वाचित भएका छन् । उनले २१ मत पाए भने उनका प्रतिष्पर्धी कविराज खत्रीले १० मत पाए ।  यस्तै उपाध्यक्ष एसोसिएटतर्फ कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष वस्तुगततर्फ प्रेमहरि मैनाली निर्वाचित भएका छन् । मैनालीले १४ मत पाए भने  उनका प्रतिष्पर्धी राजकुमार दाहालले ६ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा रुद्र बहादुर खत्री निर्वाचित भएका छन् । उनले १३२ मत पाए भने उनका प्रतिष्पर्धी जीवनकाजी माकजु श्रेष्ठले ८२ मत पाए । यस्तै सदस्यमा सबै निर्विरोध भएका छन् । कार्यकारिणी सदस्यमा कृष्ण मुरारी न्यौपाने, जय प्रकाश श्रेष्ठ,राजकुमार कँडेल, राजन कार्की र सनत थापा चयन भएका छन् । एसोसिएटतर्फ उतम शर्मा ढकाल र नविन्द्र देव सिं चयन भएका छन् । कार्यकारिणी सदस्यतर्फ ज्योतिरत्न बज्राचार्य र सदिश श्रेष्ठ निर्वाचित भएका छन् । 

निर्वाचनबाट चयन भएको नयाँ कार्यसमितिले अब बागमती प्रदेशका उद्योगी–व्यवसायीको हित, निजी क्षेत्रको प्रवर्द्धन तथा आर्थिक गतिविधि सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update