Harsamaya
नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ लिदैं ।

काठमाडौं - राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छिन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेकी हुन् ।

एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

शपथग्रहण लगत्तै उनले आजै सिंहदरबार पुगेर पदवहाली गर्नेछिन् ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update