Harsamaya
सुडानको अस्पतालमा ड्रोन आक्रमण, १० जनाको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी भएको आक्रमणमा चिकित्सा तथा प्रशासनिक कर्मचारी गरी दश जनाको मृत्यु हुनुका साथै २२ जना सर्वसाधारण घाइते भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्मचारीहरुले आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले अल–जबालैन अस्पतालमा आक्रमण गरी उनीहरुको ज्यान लिएको  मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । 

मृतकहरु मध्ये अस्पतालको महानिर्देशक डाक्टर हमिद सुलेमान पनि रहेको जनाइएको छ भने उहाँको उपचारको क्रममा मृत्यु भएको थियो ।

 मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्ड र कानुनको उल्लङ्घन गरी आक्रमण गरेको बताउदै नागरिक र स्वास्थ्य सुविधालाई निरन्तर लक्षित गरी आक्रमण गरिएको भन्दै  निन्दा गरेको छ ।

 सन् २०२३ अप्रिलको मध्यमा सुरु भएको सुडानी सशस्त्र बल र आरएस एफ बिचको द्वन्द्वमा दशौं हजारको मृत्यु हुनुका साथै लाखौं विस्थापित भएको जनाइएको छ ।

विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले लगभग तीन वर्ष लामो द्वन्द्वमा २१३ वटा स्वास्थ्य सुविधाहरूमा आक्रमण गर्दा दुई हजार भन्दा बढीको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update