Harsamaya
श्रम कानुन उल्लंघन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
श्रम तथा रोजगार कार्यालय ।

बागमती - श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लंघन गरेका दुई उद्योग–प्रतिष्ठानको खाता रोक्का गरेको छ । 

उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती  उद्योग–प्रतिष्ठानको खाता रोक्का गरेको हो । कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

चालु आर्थिक वर्षको प्रथम आठ महिनामा नाबालिकलाई श्रमिकको रुपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदातालाई दुई लाख २५ हजार जरिवाना र २२ हजार क्षतिपूर्ति तिराइएको हो ।

अधिकांश साना उद्योग प्रतिष्ठानले नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेका पाइएको प्रमुख साहले बताए ।  

कार्यालयले आठ महिनामा व्यक्तिगत र सामूहिक ४५ श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फछ्र्योट गरेको जनाएको छ । यसमा होटल, साना उद्योगलगायत २६८ प्रतिष्ठान सूचीकृत छन् ।    

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update