Harsamaya
फ्रन्टलाइन हस्पिटलले भन्यो - कर्मचारीलाई ६ महिनादेखि तलब नदिएको भन्ने आरोप निराधार र भ्रामक 
फ्रन्टलाइन हस्पिटल ।

काठमाडौं - फ्रन्टलाइन हस्पिटलले सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

अस्पतालले एक सूचना जारी गर्दै पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जालहरूमा अस्पतालले आफ्ना कर्मचारीलाई ६ महिनादेखि तलब नदिएको भन्ने आरोप निराधार र भ्रामक भएको स्पष्ट पारेको छ।

सूचनामा अस्पताल प्रशासनले आफ्ना सबै कर्मचारीलाई नियमित रूपमा पारिश्रमिक उपलब्ध गराउँदै आएको र कुनै पनि कर्मचारीको तलब बाँकी नरहेको उल्लेख गरेको छ।

अस्पतालका अनुसार यस्ता अप्रमाणित र गलत सूचनाले संस्थाको प्रतिष्ठामा नकारात्मक असर पार्नुका साथै कर्मचारी र सेवाग्राहीमा अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता हल्लामा विश्वास नगर्न अनुरोध गरिएको छ।

साथै, सबैलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन आग्रह गर्दै यस्ता भ्रामक अभिव्यक्तिको पछि नलाग्न अस्पतालले अपिल गरेको छ।

661608109_979337331334266_4908314977628804238_n-1775181655.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update