Harsamaya
गृहमन्त्रीको निर्देशन : विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई दुःख नदिइ सेवा प्रवाह गर्नू 
गृहमन्त्री सुधन गुरुङ ।

काठमाडौं - गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई कुनै प्रकारको दुःख नदिइ सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

बिहीबार राति विमानस्थलको सेवा प्रवाहबारे आकस्मिक निरीक्षणमा पुगेका उनले विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने बताए । 

गृहमन्त्री गुरुङले आगामी दिनमा गुनासो नआउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिँदै नागरिकको गुनासो सुनिए कडा कारबाही गर्ने चेतावनी दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update