Harsamaya
गृहमन्त्री गुरुङले भने -‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य हुनुपर्छ 
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ।

काठमाडौं - नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य गर्न आग्रह गरेका छन् । 

गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उनले परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्नेमा जोड दिए । 

जेनजी आन्दोलनको अगुवाइ गरेका मन्त्री गुरुङले आन्दोलनलगत्तै मन्त्रीहरुको सेवासुविधा खारेजी र सवारीका क्रममा नागरिकलाई सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका थिए । सांसदको सुविधा जनतालाई नै समर्पण गर्ने घोषणा गरेका मन्त्री गुरुङ आफैँ निजी कार चलाएर मन्त्रालयबाट बाहिरिएका थिए । 

‘नागरिक तहमा ‘भिआइपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ, यस क्रममा नागरिकले दुःख पाउनु भएन, यस्तो कार्य नगर्न सबै मन्त्रीहरुलाई आग्रह गर्दछु’, मन्त्री गुरुङले भने । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update