साम्बाको घुँडाको शल्यक्रिया सफल
काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ ।
बुधबार सामाजिक सञ्जामार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्। चिकित्सकको निगरानीमा भोलिदेखि रिह्याब सुरु हुने उनले जनाएकी छन्।
खाडी क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उपचारका लागि कतार जान नसकिएको अवस्थामा वैकल्पिक रूपमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको हो। यसले खेलाडीको स्वास्थ्य व्यवस्थापनमा लचिलोपन र समयमै निर्णयको महत्व पनि देखाएको छ।
कठिन समयमा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, साथै उनको क्लब क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमको सहयोगप्रति साम्बाले कृतज्ञता व्यक्त गरेकी छन्।
प्रकाशित मिति: बुधबार, चैत ११, २०८२ ०९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

