Harsamaya
मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

मोरङ - आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण मोरङमा ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्वसन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती सेवा समाजद्वारा सोमबार आयोजित सञ्चारकर्मीसँगको अन्तर्क्रियामा स्वास्थ्य कार्यालयका अधिकृत मुलकचन्द राजवंशीले एक वर्षमा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । 

उनका अनुसार आव २०८०/८१ मा क्षयरोगबाट ३० जनाको मृत्यु भएको थियो भने चालु आवको हालसम्म ३५ जनाको मृत्यु भएको हो । जिल्लामा चालु आवको हालसम्म ९०९ क्षयरोगका सङ्क्रमित देखिएकामा गत आवमा एक हजार २२२ सङ्क्रमित फेला परेका थिए ।
 
मोरङका सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका सङ्क्रमित बढी फेला परेका छन् । सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ नेपालमा मङ्गलबार विश्व क्षयरोग दिवस मनाइँदैछ । 


 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update