Harsamaya
सात अर्ब ३६ करोड करछली गर्ने वर्ल्डलिंकविरुद्ध मुद्दा नचलाउने
महान्यायाधिवक्ता सविता भण्डारी ।

काठमाडौं - महान्यायाधिवक्ता कार्यालयले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन विरुद्धको करछली मुद्दा नचलाउने निर्णय गरेको छ।

राजस्व अनुसन्धान विभागले कम्पनीले करिब सात अर्ब ३६ करोड रुपैयाँ करछली गरेको निष्कर्षसहित मुद्दा चलाउन सिफारिस गरेको थियो।

तर महान्यायाधिवक्ता सविता भण्डारीले राजस्व चुहावट भएको ठोस आधार नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको जनाइएको छ।

यस निर्णयलाई लिएर विभिन्न पक्षबाट आलोचना भइरहेको छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update