Harsamaya
आज तेल लगाउने र नीमको पात खाने दिन
औषधीय गुण भएको नीमको पात ।

काठमाडौं - आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा तेल लगाउने दिन रहेकाे छ । परम्परागत मान्यता बोकेको उक्त दिन आज परेको छ ।

तितो अमृतका रूपमा लिने गरिएको नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल सुरु हुनुअघि खाने चलन छ । 

आगामी मिठासको पर्खाइका लागि विगतका तितोपनालाई नीमको पातसँगै चपाउने गरिन्छ भन्ने मान्यता छ ।

नीमको पातलाई नैरोग्यको प्रतिकका रूपमा पनि लिने गरिन्छ । नीम प्राचिनकालदेखि नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आएको वनस्पति हो ।

यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी भाग स्वास्थ्यकर हुने प्रमाणित मान्यता छ ।

 नीमको पात खानाले पेटका रोग हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत तथा मुलायम हुने विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update