Harsamaya
 खाना खाएर घरबाट निस्किएका युवकको शव फेला
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

कालीकोट - बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ । उनको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो । 

उनी बिहीबार खाना खाएर घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ । आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए । 

 ‘उहाँको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ’ , उनले भने । 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update