Harsamaya
प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट ।

सुदूरपश्चिम - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली छनोट गरिएको छ । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले ३३ खेलाडीलाई छनोट गरेर बन्द प्रशिक्षणका लागि बोलाएको बताए । गत माघमा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोलीको घोषणा गरिएको उनले जानकारी दिए । 

छनोट हुने खेलाडीमा शेर मल्ल, भोजराज भट्ट, अशोक धामी, हेमन्त धामी, सौर्य श्रेष्ठ, विकास आग्री, किरन ठगुन्ना, टेक रावत, अरुण ऐरी, खडक बोहरा, अभिषेक पाल, प्रकाश पाण्डे, दीपक बोहरा, आयुव चन्द, राहुल भण्डारी, मिलन बोहरा रहेका छन् । यस्तै, नारायण जोशी, आर्यन टमटा, लोकेन्द्र चन्द, वसन्त सिंह कार्की, आर्यन बेचे, आयुश चन्द, अर्जुन विक, राजु रिजाल, सचिन भट्ट, राज विक, सुनिल चन्द, नरेन भट्ट, कैलाश ऐर, वीरेन्द्र बम, हिक्मत महरा, विशाल ऐर र आशिष तिरुवा पनि टोलीमा रहेका छन् ।

छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको र बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनका आधारमा अन्तिम टोली घोषणा गरिने प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंहले बताए । 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update