भूमि आयोगको सिन्धुपाल्चोकको सदस्यमा नेपालद्वय
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेको छ ।
जसमध्ये सिन्धुपाल्चोक जिल्लामा विज्ञ सदस्यमा मेलम्ची नगरपालिका ५ का बालकृष्ण नेपाल र सदस्यमा बाह्रबिसे नगरपालिका ८ का योग प्रसाद नेपाल नियुक्त भएका छन् । दुवै नेपाल कांग्रेस निकट हुन् ।
यसअघी नै भूमि आयोगको जिल्ला अध्यक्षमा ज्ञानेन्द्र राउत नियुक्ति भैसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ २२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

