Harsamaya
चुनावमा पैसा नै खर्च भएन भन्ने महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार 
महावीर पुन ।

काठमाडौं - चुनावमा पैसा नै खर्च नहुने रहेछ भन्ने महावीर पुनले प्रतिनिधिसभा निर्वाचनमा गरेको चुनावी खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बुझाएका छन्।

पेश गरिएको विवरण अनुसार पुनले चुनावी अभियानका विभिन्न शीर्षकमा करिब २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। खर्च विवरणमा मनोनयन दर्ता, मतदाता नामावली खरिद, प्रचार–प्रसार सामग्री, यातायात तथा भाडा, ज्याला, होटल बसाइ तथा खाना, डिजेल, स्टेशनरी तथा विविध शीर्षक समावेश गरिएको छ।

विवरण अनुसार प्रचार–प्रसार सामग्रीमा करिब २ लाख ५० हजार रुपैयाँ खर्च भएको छ भने यातायात तथा भाडामा करिब ६ लाख ६० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। त्यसैगरी ज्यालामा करिब ९ लाख ८० हजार रुपैयाँ खर्च भएको देखिन्छ।

यसैगरी होटल बसाइ तथा खानामा, डिजेल, स्टेशनरी र अन्य विविध शीर्षकमा पनि छुट्टाछुट्टै रकम खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो चुनावी खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

mahabir-1773322645.jpg

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update