रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार
काठमाडौं - काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् ।
उनले आज जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा तोकेको सीमाभित्र २३ लाख ९७ हजार भन्दाबढी खर्च गरेको विवरण बुझाएका हुन् ।
उनले व्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन् । प्रचारप्रसारमा ५ लाख ५० हजार खर्च भएको सार्वजनीक विवरणमा उल्लेख छ । घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जनाकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२ १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

