Harsamaya
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ लाख हजार रुपैयाँ खर्च गरेका छन् ।

चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

उम्मेद्वारी मनोनयन दर्ता खर्च १० हजार रुपैयाँ, नमुना मतपत्र छपाई ६८ हजार १६१ रुपैयाँ, हवाई खर्च १३ हजार ६२६ रुपैयाँ र गोष्ठी भेला एक लाख ८० हजार रुपैयाँ रहेको लामिछानेले निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।

photo-1_0426eea3-1773204853.jpg

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update