Harsamaya
मनाङ मर्स्याङ्दी विजयी  
राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा खेलाडीहरू ।

काठमाडौं - राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको  खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो । खेलको ४९औँ मिनेटमा शैरभ तामाङको गोलमा मनाङले खेलमा अग्रता लियो ।

 त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुमित मल्लले गोल गर्दै मनाङलाई २–० को सहज जित दिलाए । यस प्रतियोगितामा मनाङको यो तेस्रो जित हो । लिगमा १० खेल खेलेको मनाङले १२ अङ्क जोडेको छ । यता चित्लाङको भने यो पाँचौँ हार हो । समान १०  खेलबाट चित्लाङको सात अंक छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update