Harsamaya
बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान ।

काठमाडौं - बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएका छन् ।

प्रधानमन्त्री रहमानले पनि  शुभकामना सन्देश जारी गरेर नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गरेका थिए ।  निर्वाचनले नेपाली जनताको आकांक्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काएको उनले उल्लेख गरेका छन् ।

उनले नेपालमा सम्पन्न निर्वाचनलाई “महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास”को संज्ञा दिँदै नेपाली जनताले लोकतन्त्रप्रति देखाएको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्।

प्रधानमन्त्री रहमानले आगामी दिनमा दुई देशबिच व्यापार, विकास तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरेका छन् । नेपालमा सम्पन्न पछिल्लो निर्वाचनपछि विभिन्न देशका नेताहरूले पनि शुभकामना सन्देश पठाइरहेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update