Harsamaya
रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो ।

सोमबार बिहान कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ । नेप्से ४ प्रतिशतले बढेपछि नियमअनुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।

लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बताउँछन् ।

यही कारण बजार खुल्नासाथ अधिकांश कम्पनीहरूको मूल्य उच्च दरमा बढेको देखिएको छ । नेप्सेको सर्किट ब्रेकसम्बन्धी व्यवस्थाअनुसार २० मिनेटपछि बजार पुनः खुल्नेछ ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update