Harsamaya
गोरखा–१ मा रास्वपाका सुधन गुरूङको अग्रता कायमै, ८ हजार मतले अगाडि

काठमाडौं - गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङको अग्रता कायमै रहेको छ । उनले १९ हजार २ सय ९७ मतले अग्रता कायम गरिरहँदा ८ हजार मतको फराकिलो अन्तर छ । उनलाई काँग्रेसका प्रेम कुमार खत्रीले ११ हजार १ सय ६७ मतसहित पच्छ्याइरहेका छन् ।

यस्तै, नेकपाका हरिराज अधिकारीको ७ हजार २ सय १६, नेकपा एमालेका रामचन्द्र लामिछानेको २ हजार ७ सय २ र उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरको २ सय ३६ मत आएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update