Harsamaya
बर्दिया–२ मा रास्वपाका श्रीधर पोखरेल विजयी
बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल ।

बर्दिया - प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन् । 

पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार चार सय दुई मत ल्याए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार एक सय ८० मत र नेकपा (एमाले) की विमला विकले १० हजार सात सय ७२ मत ल्याए । 

उक्त क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर तथा चार हजार चार सय ८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले बताए । 

बर्दिया - २ को मत अपडेट :-
श्रीधर पोख्रेल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 29,678 (विजयी)
किशोर सिह राठोर (नेपाली कांग्रेस) = 20,402
सुरेश पन्थ (नेपाली कम्युनिष्ट पार्टी) = 19,180
बिमला वि.क. (नेकपा एमाले) = 10,772
धर्मवहादुर चौधरी (उज्यालो नेपाल पार्टी) = 4,472
खुशीराम थारु (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह) = 1,255
सुशिल चौधरी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,127

मान बहादुर वैगर (श्रम संस्कृति पार्टी) = 390
टिकाराम चौधरी (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 231
शशि कुमार यादव (जनमत पार्टी) = 228
निता शर्मा (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) = 124
अनिरुध्या आर्य (जनता समाजवादी पार्टी, नेपाल) = 91
रतन सिं रावत (राष्ट्रिय जनमोर्चा) = 87
सोम बहादुर तमाङ (मंगोल नेशनल अर्गनाइजेसन) = 50
धर्मराज जैसी आचार्य (नेपाल मजदुर किसान पार्टी) = 43

जम्मा मतदाता : १,५५,२३० [७५,५८४ पुरुष र ७९,६४६ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update