काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेल ओखलढुंगामा ५ मतान्तरले विजयी भएका छन्। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो सबैभन्दा कम मतान्तरको जित मानिएको छ।
पोखरेलले १३,९५३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुईटेल ले १३,९४८ मत प्राप्त गरे।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी का अमिरबाबु गुरुङले ११,२९६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) की अस्मिता थापाले १०,७२० मत प्राप्त गरेकी छन्।
यस निर्वाचन परिणामले ओखलढुंगामा कडा प्रतिस्पर्धा भएको देखाएको छ।
ओखलढुंगा - १ को मत अपडेट:-
विश्वराज पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 13,953 (विजयी)
कुमार लुईटेल (नेपाली कांग्रेस) = 13,948
अम्बिरबाबु गुरुङ्ग (नेपाली कम्युनिष्ट पार्टी) = 11,296
अस्मिता थापा (नेकपा एमाले) = 10,720
उद्धव कुमार राई (श्रम संस्कृति पार्टी) = 3,858
किशोरी कार्की (उज्यालो नेपाल पार्टी) = 965
वजेन्द्र राई (मंगोल नेशनल अर्गनाइजेसन) = 223
डिक प्रसाद बास्तोला (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 178
पिंकी राई (बेगु राम राई) (समावेशी समाजवादी पार्टी) = 100
नेत्र बहादुर नेम्वाङ (जनता समाजवादी पार्टी _एकल चुनाव चिन्ह) = 92
शेर बहादुर खत्री (राष्ट्रिय जनमोर्चा) = 62
विक्रम दाहाल (स्वतन्त्र) = 53
सविना प्रजापती (नेपाल मजदुर किसान पार्टी) = 40
कुमार बहादुर लामा (मितेरी पार्टी नेपाल) = 29
नारायण काजी तामाङ्ग (स्वतन्त्र) = 18
जम्मा मतदाता : १,२२,७१४ [६२,८४३ पुरुष र ५९,८७१ महिला]

