Harsamaya
इलाम - २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम - २ मा एमालेका सुहाङ नेम्वाङ विजयी ।

काठमाडौं - इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए ।

इलाम - २ को मत अपडेट :-
सुहाङ नेम्बाङ (नेकपा_एमाले) = 22,426 (विजयी)
भेषराज आचार्य (नेपाली कांग्रेस) = 14,650
सुदिप राई (श्रम संस्कृति पार्टी) = 14,400
गोकुलबहादुर राई (राष्ट्रिय स्वतन्त्र पार्टी) = 7,814
ओम बहादुर गुरुङ्ग (नेपाली कम्युनिष्ट पार्टी) = 1,172
पवित्रा लिम्बु तुम्वाङ (राष्ट्रिय जनमुक्ति पार्टी) = 851
दिवस राई (राष्ट्रिय परिवर्तन पार्टी) = 751
श्याम बहादुर लिम्वु (मंगोल नेशनल अर्गनाइजेसन) = 704

गणेश प्रसाद दुलाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 352
सादर सिं लिङदेन_लिम्बु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 254
बल बहादुर आङदेम्बे (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 165
होम प्रसाद खतिवडा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 153
याम वहादुर लिम्बु (नेपाल जनमुक्ति पार्टी) = 60
डाक प्रसाद गौतम (स्वतन्त्र) = 29

जम्मा मतदाता : १,१९,४८७ [६०९७५ पुरुष र ५८५१२ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update