Harsamaya
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी ।

ताप्लेजुङ - ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी भएका छन् । उनले १३ हजार ९६२ मत पाएका छन् । उनका नजिकका प्रतिस्पर्धी नेपाली काँग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११,७११ प्राप्त गरे ।

नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढा क्षेत्रीले ६७७५ मत पाउँदा श्रम संस्कृति पार्टीका सन्तोष राईले ५२०९ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४१५५ मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।

ताप्लेजुङ - १ को मत अपडेट :-
क्षितिज थेबे (नेकपा_एमाले) = 13,962 (निर्वाचित)
गजेन्द्र प्रसाद तुम्याङ लिम्बु (नेपाली कांग्रेस) = 11,711
खेलप्रसाद बुडा क्षेत्री (नेपाली कम्युनिष्ट पार्टी) = 6,775
सन्तोष राई (श्रम संस्कृति पार्टी) =5,209
बिरेन्द्र श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) = 4,155
किर्ती मान मादेन (उज्यालो नेपाल पार्टी) = 232
मुक्साम लाबुङ, लिम्बु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 221

ईन्द्र प्रसाद थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 185
नरपती पौडेल (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 155
अरुन सुब्बा (लेछव) (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 141
सूर्य गुरुङ (जनता समाजवादी पार्टी, नेपाल) = 55
सन्त बहादुर लिम्बु (मंगोल नेशनल अर्गनाइजेसन) = 50
इन्द्र कुमार लिम्बू (नेपाल जनमुक्ति पार्टी) = 46

जम्मा मतदाता : ९०,३२७ [४८२८५ पुरुष र ४२०४२ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update