Harsamaya
समानुपातिकमा पनि प्रत्यक्षतर्फ जस्तै रास्वपा नै अगाडी,  १० लाख मत गणना हुँदा ५ लाख रास्वपाको

काठमाडौं - समानुपातिकमा पनि प्रत्यक्षतर्फ जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्याधिक सिट जित्ने देखिएको छ ।समानुपातिकको अहिलेसम्म १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले मात्र५ लाख १२ हजार २१५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली काँग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ भने नेकपा एमालेको १ लाख ३६ हजार १७६ मत छ । यसै गरी नेपाली कम्युनिष्ट पार्टीको ६९ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार २४१ र श्रम संस्कृति पार्टीको १८ हजार ४८७ छ ।

राष्ट्रिय परिवर्तन पार्टीले १४ हजार १६६ मत ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ४ हजार ४२३, एकल चिह्न जाँतोको ३ हजार ५४२, जनता समाजवादी पार्टी नेपालको ३ हजार ३७२ र नेपाल मजदुर किसान पार्टीको ३ हजार २८२ मत छ ।

समानुपातिकबाट निर्वाचित हुन कुनै पनि दलले देशभरिबाट सदर मतको तीन प्रतिशत मत प्राप्त गर्नुपर्दछ ।

 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update