काठमाडौं - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी भएका हुन् ।
सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् भने उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत प्राप्त गरे ।
त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।
दाङ–२ मा कुल ८२ हजार ६ मत खसेको थियो ।
दाङ - २ को मत अपडेट :-
विपिन कुमार आचार्य (राष्ट्रिय स्वतन्त्र पार्टी) = 43,559 (विजयी)
शंकर पोख्रेल (नेकपा एमाले) = 15,287
किरण किशोर घिमिरे (नेपाली कांग्रेस) = 11,558
निर्मल आचार्य (नेपाली कम्युनिष्ट पार्टी) = 7083
ऋषिकेश पोख्रेल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 760
अम्मर बहादुर बुढा (मंगोल नेशनल अर्गनाइजेसन) = 557
मनिराम खनाल (राष्ट्रिय जनमोर्चा) = 226
जितन पुन (नेशनल रिपब्लिक नेपाल) = 92
प्रतिक अधिकारी (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 74
रविन्द्र उच्च नेपाली (राष्ट्रिय जनमुक्ति पार्टी) = 41
पदम प्रसाद पाण्डे (स्वतन्त्र) = 32
दुण्डीराज थापा (जनता समाजवादी पार्टी, नेपाल) = 31
धर्मराज शर्मा (स्वतन्त्र) = 31
झरेन्द्र बहादुर खत्री (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह) = 28
नवीन कुमार शाही (नेपाल मजदुर किसान पार्टी) = 21
विष्णुकुमारी भुसाल (स्वतन्त्र) = 11
रेख बहादुर पुन मगर (मितेरी पार्टी नेपाल) = 9
कल्पना लामा (स्वतन्त्र) = 9
बालाराम पौडेल (स्वतन्त्र) = 9
कृष्ण बहादुर सुनार (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 7
लाल बहादुर खत्री (स्वतन्त्र) = 7
विष्णु बिक्रम सेन वली (स्वतन्त्र) = 4
समिर वली (स्वतन्त्र) = 4
जम्मा मतदाता : १,४०,९६४ [६८,५५८ पुरुष र ७२,४०६ महिला]

