काठमाडौं - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।
कुल ३८ हजार ४० मत पाएका उनले २१ हजार ८०९ को मतान्तरसहित विजयी भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ र एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएका छन् ।
गत उपनिर्वचनमा स्वर्णिम १४ हजार ७९७ मतान्तरसहित निर्वाचित भएका थिए ।
तनहुँ - १ को मत अपडेट :-
स्वर्णिम वाग्ले (राष्ट्रिय स्वतन्त्र पार्टी) = 38,040 (विजयी)
गोविन्द भट्टराई (नेपाली कांग्रेस) = 16,231
भगवती न्यौपाने (नेकपा एमाले) = 5,830
विद्या नाथ ढकाल (नेपाली कम्युनिष्ट पार्टी) = 2,393
काशीराम गुरुङ (श्रम संस्कृति पार्टी) = 967
रामदत्त जोशी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 826
मन्जिल राना (उज्यालो नेपाल पार्टी) = 508
प्रेम बहादुर थापा (मंगोल नेशनल अर्गनाइजेसन) = 170
दिपक राज जोशी (स्वतन्त्र) = 113
ओम विक्रम पन्त (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 112
याम बहादुर आले (नेपाल जनमुक्ति पार्टी) = 76
सन्देश रानाभाट लौडारी (स्वतन्त्र) = 73
राम लक्ष्मी दुवाल (नेपाल मजदुर किसान पार्टी) = 29
सुमन थापा मगर (नेशनल रिपब्लिक नेपाल) = 23
लेख नाथ खनाल (स्वतन्त्र) = 18
चिजा माया अधिकारी (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 10
जम्मा मतदाता : १,२६,८८२ [६१,७७८ पुरुष र ६५,१०४ महिला]

