बागलुङ - बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । उनले १२ हजार ६४७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेका छन् ।
बाग्लुङ - २ को मत अपडेट :-
सोम शर्मा (राष्ट्रिय स्वतन्त्र पार्टी) = 12,647(विजयी)
टेकराज पौडेल (नेपाली कांग्रेस) = 11,868
ज्ञामनाथ गैरे (नेपाली कम्युनिष्ट पार्टी) = 10,709
मन्जु शर्मा (नेकपा एमाले) = 7,864
हर्क बहादुर पुन (श्रम संस्कृति पार्टी) = 564
पूर्णबहादुर घर्ती मगर (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 315
अञ्चल शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 243
नर बहादुर बुढा (नेशनल रिपब्लिक नेपाल) = 197
लोकेन्द्र घिमिरे (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 79
टेक प्रसाद कामी (नेपाल मानवतावादी पार्टी) = 76
पदम बहादुर कुवँर (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 43
जुन बहादुर थापा मगर (मंगोल नेशनल अर्गनाइजेसन) = 21
जम्मा मतदाता : ९५,३३५ [४७,१३० पुरुष र ४८,२०५ महिला]

