Harsamaya
सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता फराकिलो, गगन थापा पछि
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह ।

सर्लाही - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर लगातार बढाउँदै लगेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सिंहले ९ हजार ३७ मत प्राप्त गरेका छन्। उनी सुरुदेखि नै अग्रस्थानमा रहेका छन्।

उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालसम्म ५ हजार ८२८ मत प्राप्त गरेका छन् । थापा सुरुवातदेखि नै सिंहसँग पछि परिरहेका छन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अमनिशकुमार यादवले १ हजार ४२२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रजनिश रायले ४६१ मत पाएका छन्।

त्यस्तै जनमत पार्टी का राकेशकुमार मिश्रले ५११ मत प्राप्त गरेका छन्।

सर्लाही–४ को मतगणना बेणी भोला नमूना माध्यमिक विद्यालय, गोडैता बजारमा जारी रहेको छ।

यस क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update