मोरङ - राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनको आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी भएका छन् ।
निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गरे ।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो । विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए ।
मोरङ - ४ को मत अपडेट :-
सन्तोष राजवंशी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 40,833 (विजयी)
गुरुराज घिमिरे (नेपाली कांग्रेस) = 12,818
अमनलाल मोदी (नेपाली कम्युनिष्ट पार्टी) = 10,762
जिवन घिमीरे (नेकपा_एमाले) = 6,933
माधव प्रसाद आचार्य (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,047
कृष्ण कुमार अटल (श्रम संस्कृति पार्टी) = 929
जिवन कुमार गुप्ता (जनमत पार्टी) = 319
कल्पना देवि यादव (राष्ट्र निर्माण दल नेपाल) = 160
गोल्छा राई (मंगोल नेशनल अर्गनाइजेसन) = 84
अशोक शर्मा (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 63
हरि बहादुर बस्नेत (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 56
नुमा लिम्बु (समावेशी समाजवादी पार्टी) = 51
तवरेज अखतर आलम (जनता समाजवादी पार्टी, नेपाल) = 46
भक्त मणी दाहाल (स्वतन्त्र) = 40
हरि नारायण चौधरी (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह) = 35
जयराम थारु (नेपाल मजदुर किसान पार्टी) = 26
ज्ञानेन्द्र खत्री (स्वतन्त्र) = 25
विनोद कुमार कार्की (स्वतन्त्र) = 14
हरनु मुसहर (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 11
जम्मा मतदाता : १,१९,२५४ [ ६१,१९२ पुरुष र ५८,०६२ महिला ]

