Harsamaya
धनुषा–३ मा रास्वपाका मनिष झा विजयी
धनुषा  ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा ।

जनकपुर - धनुषा  ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा (एमाले) का जुलिकुमारी महतोले नौ हजार ७८६ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update