ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयद्वारा मतदान बहिष्कार
ओखलढुङ्गा - ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् ।
सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ । उनका अनुसार, प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीय आक्रोशित थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

