Harsamaya
मध्यपूर्वमा चलेको संकटले आइसिसी  क्रिकेट विश्वकप लिग २ स्थगित

काठमाडौं - मध्यपूर्वमा निम्तिएको सङ्कटपछि नेपालले आयोजना गर्ने आइसिसी विश्वकप लिग २ शृङ्खला स्थगित भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले  निर्धारित तालिकाअनुसार मार्च १० देखि नेपालले आयोजना गर्ने भनिएको युएई र ओमान सम्मिलित विश्वकप लिग २ को शृङ्खला  स्थगित भएको जनाएको छ ।

हालै अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि जबाफी हमलामा इरानले युएई, कतार, साउदी अरेबियालगायतका देशमा प्रहार गरेका कारण मध्यपूर्वको स्थिति तनाव रहेको सन्दर्भमा क्यानले अर्को सूचना नआएसम्मका लागि लिग २ को शृङ्खला स्थगित भएको जनाएको हो । 

रोहित पौडेलको कप्तानीमा नेपालले लिग २ का लागि यसअघि नै २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको थियो र नेपाली टोली बन्द प्रशिक्षणमा रहेको थियो । आठ राष्ट्र सहभागी प्रतियोगितामा समान २० खेल खेलेको ओमान २४ अङ्कका साथ चौथो स्थानमा, नेपाल १२ अङ्कका साथ सातौँ र युएई १० अङ्कका साथ आठौँ स्थानमा छ । 

नेपाल मेमा अमेरिका र स्कटल्यान्ड समावेश लिग २ को अर्को शृङ्खला आयोजना गर्ने क्रममा छ । 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update