Harsamaya
पाँचौं दिन पनि नेप्सेमा हरियाली
नेप्से ।

काठमाडौं - लगातार पाँच कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक मंगलबार पनि बढेको छ । यस दिन नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ६.२५ अंक, फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले वृद्धि भएको छ । 

कारोबार रकमसमेत बढेको छ। ३२९ स्टकको ६१ हजार ३२९ पटकको कारोबारमा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ । 

यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार हुँदै ७०७ रुपैयाँ १० पैसामा पुगेको छ। पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको मूल्य करिब १० प्रतिशत बढ्दा मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। घट्ने स्टकको गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ । 

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदा रिडी हाइड्रोपावर र एसवाई प्यानल नेपाल पनि उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् । १३ उपसमूहमध्ये १२ उपसमूहका सूचक बढेका छन्, जसमा जलविद्युत उपसमूह सर्वाधिक २.१३ प्रतिशतले वृद्धि भएको छ। व्यापार उपसमूह भने सामान्य घटेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update