काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको हो।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि आयोगले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ। साह लक्ष्मी सनराइज बैंक सहितका बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको खुलेपछि यस्तो निर्णय गरिएको हो।
धनुषा क्षेत्र नम्बर १ मा अब नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट रामचन्द्र मण्डल, नेपाली कांग्रेस बाट राम पलटन साह र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्। यस क्षेत्रमा बिहीबार निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

