Harsamaya
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा  भूकम्प

काठमाडौं - सङ्खुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रबिन्दु सङ्खुवासभाको टोप्के गोला आसपास थियो । भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।

प्रारम्भिक सूचना अनुसार हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको कुनै कुनै जानकारी आएको छैन । 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update