Harsamaya
गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन घाइते
प्रतिकात्मक तस्विर : हर समय/Har Samaya

एजेन्सी - संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । 

क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम मिसौरीको हाइल्याण्ड भिलको दक्षिणमा भएको जनाएको छ । संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेकोसमेत विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

कोलले संदिग्धले गोली हाने पछि घटना स्थलमै काउन्टी शेरिफका सहायकको मृत्यु भएको उल्लेख गर्दै अन्य सहायक संदिग्धसँग गोली हानाहानको क्रममा बन्दुकको गोलीको कारण अस्पतालमा मृत्य भएको र अन्य तीन जना घाइते भएको बताएका छन् ।

 पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा गोली हानाहानका घटनाहरू बढ्दै गएकाले असुरक्षा र सामाजिक संकट चर्किएको जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update