Harsamaya
टी–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्ड

काठमाडौं - इंग्ल्यान्ड टी–२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट अन्तर्गत हिजो राती भएको खेलमा  पाकिस्तानलाई २ विकेटले हराउँदै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो । यसअघि श्रीलंकालाई ५१ रनले हराएको इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोलि बनेको हो  ।

पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुकले शतकीय पारी खेले । ५० बल खेलेका उनले १० चौका र ४ छक्काको मद्दतले १०० रन जोडे । यस्तै, विल ज्याक्सले २६, साम करनले १६ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका शाहिन साह अफ्रिदीले चार विकेट लिए । उस्मान तारिकले र मोहम्मद नवाजले दुई दुई विकेट लिए  । पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो । ओपनर साहिबजादा फरहानले ६३ रनको उत्कृष्ट पारी खेले । 

 

 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update