Harsamaya
सर्वोच्चको आदेशपछि ऋषिराम कट्टेल रिहा
सर्वोच्च अदालत ।

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कट्टेललाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गरेको हो।

अदालतले शान्तिपूर्ण रूपमा निर्वाचन बहिष्कारको आह्वान गर्नु नागरिकको राजनीतिक अधिकार भएको उल्लेख गर्दै विचार व्यक्त गरेकै आधारमा पक्राउ गर्न नमिल्ने बताएको छ।

सरकारले कट्टेलले हिंसा भड्काएको ठोस प्रमाण पेस गर्न नसकेको तथा पक्राउको कानुनी आधार स्पष्ट नभएको अदालतको निष्कर्ष छ। आदेशपछि उनी रिहा भइसकेका छन्।
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update