Harsamaya
करण र वर्षाले कसे लगनगाँठो 
करण केसी र वर्षा बस्नेत ।

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर करण केसी विवाह बन्धनमा बाँधिएका छन् । मनोरञ्जन पत्रकार वर्षा बस्नेतसँग उनले विवाह गरेका हुन् ।

चार दिनअघि उनीहरूले विवाह गरेपनि आज करण र वर्षाले सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक गरेका छन् । । उनीहरु लामो समयदेखि प्रेममा थिए ।

विवाहका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै क्रिकेट समर्थक र शुभेच्छुकहरूले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन्। राष्ट्रिय टोलीका खेलाडी तथा खेलप्रेमीहरूले पनि उनको नयाँ जीवनको सुरुवातप्रति खुशी व्यक्त गरेका छन्।

क्रिकेट संघ नेपाल (क्यान)बाट खेल्दै आएका केसी नेपाली क्रिकेट टोलीका महत्वपूर्ण खेलाडीमध्ये एक मानिन्छन्। विशेषगरी निर्णायक क्षणमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपाललाई धेरै खेल जिताउन योगदान दिएका छन्।

लामो समयदेखि राष्ट्रिय टोलीमा निरन्तर खेल्दै आएका केसीले क्रिकेट करिअरसँगै व्यक्तिगत जीवनको नयाँ अध्याय सुरु गरेका हुन्। 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update