Harsamaya

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजीव खत्रीले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । आइतबार उनले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।

घरदैलो कार्यक्रमका क्रममा खत्रीले मतदाताहरुको प्रतिक्रिया सकरात्मक पाइरहेको बताए । उनले सबै जनाले मत परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि हो भन्ने कुरा बुझेकाले सबै जनताले मत परिर्वतन गर्न चाहेको बताए ।

उनले भने, ‘चुनावी घरदैलो कार्यक्रममा आएका प्रतिक्रियालाई सकरात्मक पाइरहेका छौं । सबै जनाले मत परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि हो भन्ने कुरा बुझ्नु भएको छ । त्यहि अनुसार हार्दिकता देखाएर हामी मत बदल्छु भन्ने अवस्था जनताले देखाउनु भएको छ । मतदाताहरुको अपेक्षा शुसासन हो । भ्रष्टाचार नियन्त्रणका कुराहरु हुन् । ठूलो अपेक्षा राख्नु भएको छैन ।’

मतदातासँगको संवादमा उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update