Harsamaya
हेलम्बु–६ मा एमाले परित्याग गरी आधा दर्जनभन्दा बढी कांग्रेस प्रवेश
नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी आधा दर्जनभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश।

सिन्धुपाल्चोक - हेलम्बु गाउँपालिका वडा नं. ६ मा चुनावी अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी आधा दर्जनभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई कांग्रेसका उम्मेदवार बंशलाल तामाङले पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा एकजुट भएर अघि बढ्न अनुरोध गरे । 

नवप्रवेशीहरूले कांग्रेसप्रति आफ्नो विश्वास व्यक्त गर्दै सक्रिय रूपमा चुनावी अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।

घरदैलो अभियानको क्रममा  स्थानीय मतदाताहरूले विभिन्न विकाससम्बन्धी समस्या उठाएका थिए । पाराङ टोलमा खानेपानीको समस्या समाधान गर्नुपर्ने, चनौटे–ईचोक–चिनिखर्क सडकलाई स्तरोन्नति गरी सहज आवागमनको व्यवस्था मिलाउनुपर्ने तथा पाउनाघर निर्माण गर्नुपर्ने माग प्रमुख रूपमा उठाइएको थियो ।

उम्मेदवार तामाङले स्थानीयले उठाएका सबै समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउदै सडक, खानेपानी र आधारभूत पूर्वाधार विकासमार्फत वडा नं. ६ लाई समृद्ध बनाउने लक्ष्यसहित अघि बढेको बताए ।

कांग्रेस प्रवेश कार्यक्रमसँगै हेलम्बु–६ मा चुनावी माहोल थप सक्रिय बनेको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update